२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी– सभामुखले बैठक बहिस्कार गर्नु संवैधानिक दायित्व र कर्तव्यविपरीत

मंसिर ३०, २०७७
प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी– सभामुखले बैठक बहिस्कार गर्नु संवैधानिक दायित्व र कर्तव्यविपरीत

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुखले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्नु संवैधानिक दायित्व र कर्तव्यविपरीत भएको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा सभामुख सापकोटाले बहिस्कार गरेका मंसिर २८ र ३० गतेका बैठकका दुई तस्वीर राख्दै थापाले सभामुख पार्टीभन्दा माथि र स्वतन्त्र हुनुपर्ने बताएका हुन् । 

‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानतः आयोजित संवैधानिक परिषद्का दुई बैठक । जबकि सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ’ थापाले लेखेका छन् । 

मंगलवारका लागि बोलाइएको बैठक सभामुखले बहिस्कार गरेपछि परिषद्को बैठकमा कोरम पुर्‍याउन सरकारले अध्यादेश ल्याएको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार नै जारी गरेकी छिन् । 

रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि परिषद्को बैठक साँझ ५ बजे पुनः बस्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्