०९ साउन २०८३, शनिबार

कांग्रेस उपसभापतिको टिप्पणी– अधिनायकवादी अध्यादेश स्वीकार्य हुँदैन

मंसिर ३०, २०७७
कांग्रेस उपसभापतिको टिप्पणी– अधिनायकवादी अध्यादेश स्वीकार्य हुँदैन
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मंगलवार राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताएका छन् । 

उनले अध्यादेशलाई संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण भनेका छन् ।

अध्यादेश जारी भएपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै निधिले अध्यादेश संविधान र प्रणालीमाथिको नांगो आक्रमण भन्दै भत्र्सना गरेका हुन् ।

‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो। घोर भत्र्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन,’ निधिले लेखेका छन् । 

मंगलवारका लागि बोलाइएको बैठक सभामुखले बहिस्कार गरेपछि परिषद्को बैठकमा कोरम पुर्‍याउन सरकारले अध्यादेश ल्याएको हो । 

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेकी छिन् । 

परिषद्को बिहानको बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि साँझको बैठकमा सहभागी नहुने भएका छन् ।

रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि परिषद्को बैठक साँझ ५ बजे पुनः बस्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्