मंगलबार नेपालमा ९३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा गरिएको सात हजार एक सय १७ पीसीआर परीक्षणमध्ये ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै यसै अवधिमा देशभर एक हजार ९९६ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९५ दशमलव ३ प्रतिशत रहेको छ ।
१४ जनाको मृत्यु
यस्तै पछिल्लो २४ घण्टामा देशभरिमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सातसय ३० पुगेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।