
चोरीको नियतले मन्दिरमा घुसेका एक चोरले आफ्नो सामान मन्दिरभित्र राखिएको थैलीमा सामान बाँधे र त्यही सुते । बिहान जब प्रहरीले उनलाई उठाए त उनले बोले, ‘चिसो भइरहेको छ, सुत्न देऊ ।’
यो घटना मध्येप्रदेशको हो । शाजापुरको लालबाई फूलबाई मन्दिरभित्र चोरले चोरी गर्ने प्रयास गरे ।
राति मन्दिरका कर्मचारीले त्रिशूलको मद्दतले ताला तोडेर कोठामा राखिएको सबै सामान बाँधे । त्यसपछि उनलाई निद्रा लागेपछि उनी त्यही सुते ।
बिहान जब मन्दिरका कर्मचारी मन्दिर पुगे तब उनले त्यहाँ आफूले राखेको त्रिशूल पनि देखेनन् । नजिकैको कोठाको ताला तोडिएको देखेपछि प्रहरीलाई बोलाए । कोठा भित्रबाट बन्द थियो ।
प्रहरी आएपछि चोरलाई उठाउने कोशिस गरे । तर, प्रहरीलाई चोरले भने, ‘मलाई सुत्न देऊ, चिसो भइरहेको छ ।’
चोरले नखोलेपछि प्रहरीले ढोका तोडिदिए । प्रहरी जब ढोका तोडेर भित्र पस्यो तब उनी सुतिरहेका थिए ।
प्रहरीका अनुसार मन्दिरमा चोरीको नियतले मन्दिर पसेका उनले सबै सामान समेटे तर चिसोका कारण उनलाई निद्रा लाग्यो । उनी मानसिक रुपले विक्षिप्त भएको बताएको छ ।
सामान्य केरकार गरेर उनलाई छाडिएको छ । मन्दिरका कर्मचारीले भने चमत्कारका कारण चोरले सामान चोरेर लैजान नसकेको बताएका छन् ।