२२ जेठ २०८३, शुक्रबार

अध्यादेश तुरून्त फिर्ता लिन विवेकशील साझाको माग

मंसिर ३०, २०७७
अध्यादेश तुरून्त फिर्ता लिन विवेकशील साझाको माग

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 
परिषद्का अध्यक्ष प्रधानमन्त्रीसहित ३ जनामात्रैको उपस्थितिमा पनि बैठक बस्न सक्ने र तत्काल बहाल सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने प्रावधानसहित ल्याइएको उक्त अध्यादेश संविधानको मर्ममाथि ठाडो प्रहार र सर्वसत्तावादतर्फको सरकारको अर्को कदम भएको  ठहर साझाले गरेको छ।

साझाले एक विज्ञप्तिमार्फत भनेको छ, ‘सरकारको अक्षमता र सत्तारूढ दलभित्रको अन्तहीन आन्तरिक किचलोको मुलुक र नागरिकले यसैपनि चर्को मूल्य चुकाउनुपरिरहेका बेला प्रधानमन्त्रीका मनपरीपूर्ण  स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रको माथि नै जोखिम बढेर गएको छ।’

यसअघि पनि जारी भएर चर्को विरोधपछि फिर्ता गरिएकोमा आज पुनः जारी उक्त अध्यादेश तुरून्त फिर्ता लिन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्