२७ असार २०८३, शनिबार

कोरोना संक्रमित हरियाणाका मन्त्री अनिल विजको अवस्था गम्भीर

पुस १, २०७७
कोरोना संक्रमित हरियाणाका मन्त्री अनिल विजको अवस्था गम्भीर

हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

कोरोना संक्रमित मन्त्री विजलाई मंगलबार गम्भीर अवस्थामा गुरुग्रामकोको मेदाता अस्पतालमा भर्ना गरिएको छ । 

मन्त्री मेदातामा आन्तरिक चिकित्सा विभागका वरिष्ड निर्देशक डा. सुशीला कटारियाको नेतृत्वमा उपचार गराइरहेका छन् ।

 खबरअनुसार मन्त्री विजको फोक्सोमा संक्रमण देखिएको छ । 

विजलाई हिजोसम्म हरियाणा सरकारको स्नातकोत्तर आयूर्विज्ञान संस्थानमा राखिएको थियो । शनिबार उनलाई त्यहाँ भर्ना गरेर प्लाज्मा थेरापी गरिएको थियो ।

संस्थानले मन्त्री विजलाई कोरोनाका साथै निमोनिया पनि भएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्