२७ जेठ २०८३, बुधबार

राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन माग

राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउन माग गरेको छ ।

तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको जनाएका छन् ।

‘राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्