२३ असार २०८३, मंगलबार

बालुवाटारमा स्थायी कमिटी बस्न लाग्दा प्रचण्ड–नेपाल समूहका सांसद राष्ट्रपति कार्यालयमा

बालुवाटारमा स्थायी कमिटी बस्न लाग्दा प्रचण्ड–नेपाल समूहका सांसद राष्ट्रपति कार्यालयमा
फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटी बैठकको तयारी चल्दै गर्दा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर केही स्थायी कमिटी सदस्य राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं सांसद भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालयमा पुगेका हुन् । 

स्रोतका अनुसार उनीहरू संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सांसदको हस्ताक्षर बुझाउन शितलनिवास गएका हुन् । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड–नेपाल पक्षले संसदको अधिवेशन बोलाउने गृहकार्य थालेको छ । 

बुधवारको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा १ घण्टा छलफल भएको थियो ।

संविधानका के छ विशेष अधिवेशन बोलाउने व्यवस्था ? 

संविधानको धारा ९३ को उपधारा ३ मा प्रतिनिधि सभाका सम्पूर्ण सदस्यको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । 

‘संविधानको धारा ९३ को उपधारा ३ अनुसार संसदको विशेष अधिवेशन माग गर्नु सांसदहरूको अधिकारको विषय हो,’ नेकपा प्रमुख सचेतक देव गुरुङले भने । 

संविधानको धारा ९१ को उपधारा १ मा एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भ बीचको अवधि ५ महिनाभन्दा बढी हुन नहुने व्यवस्था छ । पुस १८ गते अगावै संसद अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ । 

salt training

कमेन्ट गर्नुहोस्