
मेगा बैंक नेपाल लिमिटेडले राजधानीका ३ ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९ गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरू सोमवारदेखि सञ्चालनमा आएका छन् ।
एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरू खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।