१५ असार २०८३, सोमबार

गधाको लिदी, एसिड र घाँसबाट बन्छ यस्तो मसला

पुस १, २०७७
गधाको लिदी, एसिड र घाँसबाट बन्छ यस्तो मसला

उत्तर प्रदेशको हाथरस प्रहरीले सामेबार राति एक कारखानामा छापा मारेर नक्कली मसालाको ठूलो गिरोह सार्वजनिक गरेको छ ।

कारखानाका व्यक्तिले स्थानीय ब्राण्डका नाममा मिलावटी मसाला बिक्री गर्ने गरेको पाइएको छ । जसमा गधाको लिदी, एसिड र घाँसबाट मसाला बनाउने गरिएको खुलेको छ । 

प्रहरीले तीसय किलोग्राभन्दा अधिक नक्कली मसाला जफत गरेको छ । 

नक्कली मसाला खारखानाका मालिक अनूप वाष्र्णेयलाई प्रहरीले पक्राउ गरेको छ । वाष्र्णेय हिन्दु युवा बाहिनीको मण्डल प्रहरीमा छन् ।

हाथरसको नवीपुर इलाकामा रहेको उनको कारखानामा प्रहरीले छापा मार्दा रातो खुर्सानीको पाउडर, दनियाँ पाउडरसहित कैयौं मसला फेला पारको छ ।

गरम मसाला र बेसारमा गधाको लिदी, एसिड र घाँसका प्रयोग गर्ने गरेको पाइएको छ । 

प्रहरीले मसालाको २७ वटा नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको छ ।

संयुक्त मर्जिसट्रेड प्रेम प्रकाश मीणले कारखानाका मालिकलाई सीआरपीसी धारा १५१ अनुसार न्यायिक हिरासतमा पठाइएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्