२६ असार २०८३, शुक्रबार

अवैध प्रेम गरेको भन्दै क्रुर यातना, फलामको तातो रडले गुप्ताङ्ग डामियो

पुस १, २०७७
अवैध प्रेम गरेको भन्दै क्रुर यातना, फलामको तातो रडले गुप्ताङ्ग डामियो

बिहारको कटिहारमा एक प्रेम जोडीलाई चरम यातना दिएको विभत्स तस्वीर सार्वजनिक भएको छ ।

१ सेप्टेम्बरमा प्रेमी युगल जोडीलाई पक्राउ गरेपछि ग्रामीणले तालिबानी आतंकवादी शैलीमा यातना दिएका छन् ।

 यस प्रकारको अमानवीय घटना कटिहारको केलाबाडी गाउँको आदीवासी टोलको हो । जसको भिडियो तिव्र गतिमा भाइरल भइरहेको छ ।

भिडियो मानवतामाथि नै प्रश्न उब्जाउने खालको छ । एक प्रेमी  आफ्नी प्रेमिकासँग भेटघाटका लागि मध्यराति केलाबाडीको आदीवासी टोल पुगेका थिगए । 

स्थानीयलाई यसको जानकारी पहिल्यैदेखि थियो । समयमै स्थानीयले दुवै जनालाई पक्राउ गरे । पक्राउपछि हातखुट्टा बाँधेर रातभर कुटपिट गरे ।

बिहान कपाल खौरिदिए र पूरा गाउँ घुमाए ।  यातना यतिकैमा सिमित रहेन । प्रेमी प्रेमिका दुवैलाई नाङ्गै बनाए  र दुवैको गुप्ताङ्गमा तातेको फलामको रडले डामे । 

उनीहरु यो सब क्रियाकलापको तस्वीर पनि खिचे । स्थानीय युवकले युवतीमाथि सामूहिक बलात्कार परे र त्यहाँ रहेका सबैले मोबाइलमा भिडियो पनि बनाए ।

ताकि भिडियो भाइरल गर्न सकियोस् । यतिमा पनि पञ्चायतले मानेन । र ८० हजार रुपैयाँ जरिवाना तिराए । 

पीडित पक्षका मानिसले ५० हजार रुपैयाँ जरिवाना तिरेर प्रेमी प्रेमिका दुवैलाई त्यहाँबाट बचाए । पीडित युवकको अस्पतालमा उपचार चलिरहेको छ ।

आदिवासीको यो हर्कत कुनै आतंकवादी गतिविधि भन्दा कम नभएको त्यहाँका मानवअधिकारवादीले बताएका छन् । 

अहिले प्रहरीले यो घटनाका विषयमा छानबिन गरिरहेको छ । भिडियोमा देखाइएको तस्वीरको पहिचान गर्ने कार्यमा प्रहरी जुटेको छ ।

२४ घण्टाभित्र सबै आरोपीलाई गिरफ्तार गरेर प्रहरीले सोधपुछ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्