
प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न राजी भएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधवार भएको छलफलपछि अध्यादेश फिर्ता गर्न ओली सहमत भएका ती सदस्यले लोकान्तरलाई जानकारी दिए ।
संसदको विशेष अधिवेशन आह्वानका लागि गरिएको हस्ताक्षर फिर्ता गर्न प्रचण्ड पक्ष सहमत भएको छ । हस्ताक्षर फिर्ता गर्न प्रचण्ड पक्ष सहमत भएपछि ओली स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।
दिउँसो १ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक अपरान्ह ४ बजे शुरू भएको छ ।