२६ जेठ २०८३, मंगलबार

उखु किसानलाई भुक्तानी दिलाउन गृहमन्त्री थापा सक्रिय, पक्राउ गर्न सञ्चालक खोज्दै प्रहरी

उखु किसानलाई भुक्तानी दिलाउन गृहमन्त्री थापा सक्रिय, पक्राउ गर्न सञ्चालक खोज्दै प्रहरी

उखु किसानलाई बक्यौता रकम नदिने ४ चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुवँरका अनुसार मातहतका जिल्लाले किसानबाट उजुरी लिएर बुधवार पक्राउ पुर्जी जारी गरेको बताए ।

‘अब हामीले बक्यौता नतिर्ने मिल सञ्चालकलाई कानूनी दायरामा ल्याएर कारवाही प्रक्रिया अगाडि बढाउँछौं,’ प्रवक्ता कुँवरले भने, ‘उनीहरूलाई ठगीको मुद्धामा कानूनी प्रक्रिया अगाडि बढाउँछौं ।’

भुक्तानी नगर्ने इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न  पुर्जी जारी गरिएको छ ।

काठमाडौंमा आन्दोलनरत उखु किसानलाई सम्बोधन गर्दै मंगलवार गृह मन्त्रालयको समन्वयमा उद्योग मन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल लगायतको छलफलपछि कृषकलाई बक्यौता नदिने ४ चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्