
सत्तारुढ नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
अपराह्न ४ बजे शुरू भएको बैठक साढे ५ बजेसम्म जारी छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा उपस्थित नहुने अडान राखेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बुधवारको बैठकमा सहभागी भएका छन् ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री राजी भएपछि संसदको विशेष अधिवेशन बोलाउने समावेदन फिर्ता गर्न पुष्पकमल दाहाल प्रचण्ड पक्ष तयार भएको थियो । त्यसपछि नेकपा स्थायी कमिटी बैठक बसेको हो ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच एकअर्कालाई लगाएका आरोप–प्रत्यारोप फिर्ता गर्ने सहमति भएको बालुवाटार स्रोतले बताएको छ ।
अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा ओलीविरुद्ध १९ पेजको दस्तावेज पेश गरेका थिए । जवाफमा ओलीले मंसिर १३ मा ३८ पेश लामो जवाफी दस्तावेज पेश गरेका थिए ।