नेकपा स्थायी कमिटीको बैठक पुस ५ गतेसम्म स्थगित भएको छ ।
पुस ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को हिजो मंगलवारको बैठकले कुनै निर्णय नगरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको स्थायी कमिटी बैठकमा ओलीले मंगलवार कुनै पनि संवैधानिक नियुक्तिको निर्णय नभएको जानकारी गराएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि मंगलवार साँझ परिषद्को बैठक बसेको थियो ।
बैठकमा सरकारले अध्यादेश फिर्ता गर्ने र अर्को पक्षले संसदको विशेष अधिवेशनको माग स्थगित गर्ने सर्वसम्मत सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।
‘स्थायी कमिटी बैठकले सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने र राष्ट्रपतिसक्षम संसदको माग गरेर पेश गर्ने भनिएको आवेदन सर्वसम्मतिले फिर्ता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ श्रेष्ठले भने ।