२६ जेठ २०८३, मंगलबार

मार्चमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने

मार्चमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने

नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो ।

कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ ।

तालिका अनुसार नेपालले मार्च १९ देखी २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने छ ।

यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पीएनजी र युएईलाई आतिथ्यता गर्नेछ । यसअघि नेपालले सन् २०२१ जुलाईमा स्कटल्याण्डमा नामिबियासंग सिरिज खेल्ने छ ।

सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाको भ्रमणमा निस्कने छ । जहाँ नेपालले अमेरिका र ओमानको सामना गर्नेछ ।

सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ युएई समेत सहभागी हुनेछ ।

सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्याण्डको आतिथ्यता गर्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा, पीएनजी र युएईसंग खेल्दै लिग २ समापन गर्नेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्