
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ७ करोड ३९ लाखको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ७ करोड ३९ लाख ६१ हजार नाघेको हो ।
यस्तै १६ लाख ४५ हजारको हाराहारीमा संक्रमितको मृत्यु हुँदा निको हुनेको संख्या ५ करोड ९६ लाख ५ हजार नाघेको छ ।
अझैपनि विश्वभर २ करोड ३५ लाखको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ ।