१३ असार २०८३, शनिबार

रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल गरिने

रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल गरिने

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अवरुद्ध भएको रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल शुरु गरिने बताएका छन् ।  
    
 रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा नौ वर्षअघि जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण शुरु गरिएको थियो तर मुआब्जा वितरण वैज्ञानिक नभएको भन्दै २२ घरपरिवारले मुआब्जा लिन मानेका छैनन् ।
    
 मन्त्री घिमिरेले मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा सरोकारवालालाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्