जाडोमा दही खान त्यति मन त लाग्दैन तर स्वास्थ्यका लागि दही वरदान हो । अझ त्यसमा सक्खर मिसाएर खाने हो भने त फाइदा दुईगुणा बढ्छ ।
रक्ताल्पता घटाउन
शरीरमा रगतको कमी हुने समस्याले धेरैजनालाई सताइहेको हुन्छ । दही र सक्खर खाएमा शरीरमा रगत बढ्छ र रक्ताल्पता हुन पाउँदैन ।
रजस्वलामा आराम
महिलाहरूलाई रजस्वला भएको बेलामा हुने पीडाको राम्रो उपचार एक कचौरा दही र सक्खर हो । त्यत्तिकै पेट दुखिरहेको छ भने पनि यसले आराम दिलाउँछ ।
रुघाखोकीबाट मुक्ति
जाडो लागेसँगै रुघाखोकीको समस्याले सताउँछ । दही र सक्खर खानुभयो भने रुघाबाट बच्न सकिन्छ । सक्खरमा भएको पोटेसियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, म्यांगनिज र कपरले रुघाखोकी ठीक पार्छ । अनि दहीमा भएको जीवाणुरोधक गुणले रोगप्रतिरोधक क्षमता बढाउँछ ।
तौल घटाउन
दही र सक्खरको मिश्रणले शरीरको तौल घटाउन मद्दत गर्छ । सक्खरले पेटबाट फ्याट हटाइदिन्छ र शरीरको मेटाबोलिक दर बढाइदिन्छ । दहीले पनि तौल घटाउन सहायता गर्छ ।