०३ असार २०८३, बुधबार

टर्कीमा भेडाबाख्राले मच्चाए हंगामा ! (भिडियो)

माघ १९, २०७७
टर्कीमा भेडाबाख्राले मच्चाए हंगामा ! (भिडियो)

टर्कीको दक्षिणपूर्वमा रहेको नेभेशिर सिटी हलमा सोमवार भेडा, बाख्रा र पाठाहरूले फार्मबाट निस्केर हंगामा मच्चाएका छन् । 

सामाजिक सञ्जालमा शेयर गरिएको सीसीटीभी फूटेज हेर्दा भेडाबाख्राहरू बिहान ८ः२४ मा सिटी हल पसेको देखिन्छ । 

उनीहरू सिटी हलको भर्‍याङ चढेका थिए र सुरक्षा गार्डहरूलाई लखेटेका थिए । 
 

हसन उनबुलन नामक कृषकका ती भेडाबाख्रा आइतवार राति खोरबाट भागेका थिए । 

भिडियोमा दुईजना गार्डलाई भेडाबाख्राले लखेटेको देखिन्छ । 

गार्डहरू सिटी हलको भवनभित्र भागेको देखिन्छ । 

कार पार्कमा एकजना मानिस देखिँदा भेडा उसतिर हान्निँदै आएको र ऊ कारपछाडि लुकेको देखिन्छ । 
 

भेडाबाख्राले भवनको अर्को छेउमा सिटी हलका कामदारहरूलाई आतंकित बनाइरहेको देखिन्छ । 

एकजना मानिसले भेडाको सिंग समातेर धकेल्न खोज्छ अनि ढोकातिर भाग्छ । 

पछि भेडाबाख्रालाई नियन्त्रणमा लिइएको थियो । 

स्थानीय अधिकारीहरूले ट्विटरमा भिडियो अप्लोड गर्दै यसो लेखेका थिए, ‘हामीलाई भेडा, बाख्रा र तीन पाठाले बन्दी बनाएका छन् ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्