०२ साउन २०८३, शनिबार

स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलायो

स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलायो
फाइल फोटो

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग भोलि जानकारी लिने भएको छ ।

शुक्रवार बस्ने लेखा समितिको बैठकमा मन्त्री ढकाललाई बोलाइएको समिति सभापति भरत शाहले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा लेखाले छानबिन गरिरहेको छ । 

ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्दा लागतभन्दा बढी मूल्यमा गुणस्तरहीन सामान खरिद गरिएको लेखा समितिले प्रारम्भिक निष्कर्ष निकालेको थियो । 

गत वर्षको चैत महिनामा स्वास्थ्य सामाग्री खरिदका क्रममा कयौ त्रुटि भेटिएपछि लेखाले स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागमा महानिर्देशक लगायतसँग छलफल गरिसकेको छ ।

बिहीवार बसेको बैठकमा सभापति शाहले भोलि स्वास्थ्य मन्त्रीसँग छलफल गरेर लेखा समिति एउटा टुंगोमा पुग्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्