१३ असार २०८३, शनिबार

फ्रान्सका राष्ट्रपति म्याक्रों कोरोना पोजिटिभ

पुस २, २०७७
फ्रान्सका राष्ट्रपति म्याक्रों कोरोना पोजिटिभ

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों कोरोना पोजिटिभ पाइएको उनको कार्यालयले जनाएको छ । 

लक्षण देखिएपछि म्याक्रोंले स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ पाइएको र सात दिनसम्म आइसोलेसनमा बस्ने एलीजी प्यालेसले एक बयान जारी गरेर जानकारी दियो । 
 

म्याक्रोंले आइसोलेसनमै रही देश चलाउने एक अधिकारीले जानकारी दिएका छन् । 

फ्रान्समा कोरोनाका केसहरू बढेपछि करफ्यु लगाइएको छ । 

महामारी शुरू भएदेखि फ्रान्समा २० लाख केस पुष्टि भइसकेका छन् भने ५९ हजार ४०० भन्दा बढीको मृत्यु भइसकेको छ । 
 

म्याक्रोंलाई कसरी कोरोना लागेको भनी खुलेको छैन तर उनीसँग सम्पर्कमा रहेकाहरूलाई पहिचान गर्ने काम भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्