
बैतडीमा बिहीवार ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्रयाक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए ।
सुप प्र ०१ ००२ त ४९५७ नम्बरको ट्रयाक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडक खण्डको घोडेधारमा दुर्घटनामा परेको हो । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको ट्रयाक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ ।
ट्रयाक्टरमा अन्य ४ जना पनि सवार रहेका भए पनि उनीहरू सकुशल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । ट्रयाक्टर सडकमै पल्टेको थियो ।