०१ साउन २०८३, शुक्रबार

मैनहवा हत्याकाण्डका अभियुक्तलाई जन्मकैद

पुस ३, २०७७
मैनहवा हत्याकाण्डका अभियुक्तलाई जन्मकैद

मैनहवामा एकै ठाउँमा पाँच जनाको हत्याको घटनाका अभियुक्तलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

सुर्खेतको लेकबेंसी–३ घर भइ बुटवलमा बस्दै आएका ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाई जिल्ला अदालत रूपन्देहीका न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले बुधबार सजाय फैसला गरेको हो ।

२०७७ जेठ २ मा तिलोत्तमा–१० को गंगादेवी पशु फार्ममा काम गर्ने सैनामैना–५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी, १६ वर्षका पोषराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको हत्या भएको थियो ।

फर्ममै काम गर्ने सिँजालीलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको थियो । अफवाह फैलाएर चरित्र हत्या गरेको रिसको झोकमा पाँच जनाको हत्या गरेको सिँजालीले बयानमा बताएका थिए।

पोस्टमार्टम रिपोर्ट, प्रहरीको अनुसन्धान र अभियुक्तको बयानमा घटना नियोजित रूपले गरेको दसी प्रमाणले देखाएकाले जन्मकैदको फैसला भएको अदालतले जनाएको छ । सिँजालीले पाँचै जनालाई राति सुतेको बेला गाईगोठमै फरुवाले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्