०७ साउन २०८३, बिहीबार

बाइडनले शपथ लिएको दिन ह्वाइट हाउस नछोड्ने ट्रम्पको अड्डी

बाइडनले शपथ लिएको दिन ह्वाइट हाउस नछोड्ने ट्रम्पको अड्डी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरी २० मा ह्वाइट हाउस नछोड्ने अड्डी कसेका छन् । 

उनले यसरी जिद्दी गरिरहे अमेरिकामा संवैधानिक संकट आउनेछ । जनवरी २० मा जो बाइडनले पदको शपथ लिएपछि ह्वाइट हाउस प्रवेश गर्नुपर्ने हुन्छ तर ट्रम्प त्यहीँ रहिरहँदा अप्ठ्यारो पर्छ । 

आफूलाई षड्यन्त्र गरेर चुनावमा हराइएको ट्रम्पले बताउँदै आएका छन् । कतिपय राज्यमा बाइडनको जीतलाई उनले चुनौती पनि दिएका हुन् तर अदालतले उनका सबै जिकिर खारेज गरिदियो । 

अहिले फेरि जिद्दी गरेर उनले अमेरिकालाई नयाँ संकटमा धकेलिरहेका छन् । ट्रम्पले आफ्ना सहयोगीहरूलाई शपथग्रहणको दिन पनि ह्वाइट हाउस नछोड्ने बताएको स्थानीय सञ्चारमाध्यमले सूत्रलाई उद्धृत गर्दै खबर दिएका छन् । उनका सल्लाहकारहरूले चाहिँ ह्वाइट हाउस छोड्नुको विकल्प नरहेको बताइरहेका छन् । 

यस खबरमा ह्वाइट हाउसबाट प्रतिक्रिया आएको छैन । 

ह्वाइट हाउसकी प्रेस सचिव केली म्याकनेनीले नोभेम्बर ३ मा भएको चुनावको परिणामविरुद्ध कानूनी लडाइँ राष्ट्रपति ट्रम्पले जारी राख्ने बताएका छन् । न्यायिक प्रणालीको उपयोग गर्नु लोकतन्त्रमाथिको आक्रमण नभएको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्