१३ असार २०८३, शनिबार

विमानस्थल भन्सार कार्यालयका उपसचिव शाहद्वारा ४ करोड भ्रष्टाचार

कात्तिक २०, २०७४
विमानस्थल भन्सार कार्यालयका उपसचिव शाहद्वारा ४ करोड भ्रष्टाचार

काठमाडौं, १ जेठ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालिन उपसचिव सुदिप चन्द्र शाहले झण्डै ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उपसचिव शाहले सार्वजनिक पद धारण गर्दा तीन करोड ८३ लाख ९२ हजार एक सय ८० रुपैयाँ सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको आयोगको अनुसन्धानले देखाएको छ ।

उपसचिव शाहले बदनियतपूर्ण तवरले सम्पत्ति आर्जन गरेको, अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ गरेकोसमेत देखिएको अख्तियारले जनाएको छ । शाहले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएको अयोगले बताएको छ ।

शाहलाई चार करोड ४२ लाख १८ हजार आठ सय ५० रुपैया कुल बिगो कायम गरी प्रचलिन कानून बमोजिम जफत गर्न माग दाबी लिई अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

‘शाह तथा उनका परिवारका सदस्यहरूका नाममा भएका आर्थिक कारोबार तथा परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरूको सम्बन्धमा तथ्य प्रमाणहरूलाई छानबिन एवं विश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आएको तुलनामा तीन करोड ८३ लाख ९२ हजार एक सय ८० रुपैयाँ ८० पैसाको सम्पत्ति गैरकानूनी रुपमा बदनियतपूर्ण तवरले आर्जन गरेको देखिन आई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाणित हुन आएबाट सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक सुदिप चन्द्र शाहले गैह्र कानुनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाणित हुन आएको छ,’ अख्तियारले भनेको छ ।

उपसचिव सुदिप चन्द्र शाहले भन्सार कार्यालयमा रहँदा गैह्रकानूनी धन्दामा संलग्न रही करोडौंमा घरघडेरी खरिद गरेको भन्दै अनुसन्धान र कारवाही प्रक्रियाका लागि अख्तियारमा उजुरी परेको थियो । शाह मिति २०४० देखि २०७२ सम्म भन्सार जाँचपास परीक्षण कार्यालय, काठमाडौंमा कार्यरत् थिए ।

salt training

कमेन्ट गर्नुहोस्