
विद्यार्थी र शिक्षकको सम्बन्धलाई निकै पवित्र मानिन्छ । तर, एक महिला शिक्षकले आफ्नो कर्तुतका कारण सर्वत्र ट्रोलको शिकार बन्नुपरेको छ ।
आफ्नै ११ वर्षका विद्यार्थीलाई अश्लिल म्यासेज पठाएको खुलेको छ । यो घटना बेलायतको हो ।
बेलायतको एक्सेक्स काउन्टीको ब्रेनट्री सिटीमा एक प्राइमरी स्कुलकी शिक्षाकामाथि विद्यार्थीलाई अश्लिल म्यासेज पठाउने गरेको आरोप छ ।
यद्यपि आरोपपछि महिला शिक्षिकलाई विद्यालयले बर्खास्त गरिदिएको छ ।
३१ वर्षकी के एलिजाबेथ हलिङ्गसवर्थ इन्स्टाग्राममा अश्लिल म्यासेज गरेर आफ्ना ११ वर्षका विद्यार्थीसँग फ्लर्ट गर्थिन् । म्यासेजमा उनी विद्यार्थीलाई डिम्पल भनेर बोलाउने गर्थिन् ।
सुत्रअनुसार जाँच गरेपछि उनले विद्यार्थीलाई कैयौं आपत्तिजनक म्यासेज गर्ने गरेको पाइएको छ । उनले सिंगल र मिङगल हुनका लागि तयार रहेको लेखेकी थिइन् ।
यसपछि पनि एलिजावेथले विद्यार्थीलाई दोस्रोपटक म्यासेज गरिने । जसमा लेखिएको थियो । ‘नुहाउन गइरहेकी छु । यतिबेला तिमीलाई याद गरिरहेकी छु ।’
सामाजिक सञ्जालमा अश्लिल म्यासेज पठाएका कारण विद्यार्थीले स्कुल प्रशासनमा गुनासो गरेका थिए ।