२६ जेठ २०८३, मंगलबार

चन्द्रमाबाट नमुना ल्याएर फर्कियो छाङ्ग–५

चन्द्रमाबाट नमुना ल्याएर फर्कियो छाङ्ग–५

बेइजिङ समयअनुसार आज बिहान १ बजेर ५९ मिनेटमा चीनको चन्द्रयान छाङ्ग–५ ले सफलता पूर्वक पृथ्वीमा ल्याण्डिङ्ग गरेको छ । 

पत्थर ल्याउन चन्द्रमामा पठाइएको यो यान आज बिहान करिब दुई बजेतिर मंगोलिया स्वायत्त प्रदेशको सजिवाङ्गद्धी काउन्टीको पूर्व निर्धारित ठाउँमै अवतरण भएको हो । अन्तरिक्षमा पहिलोपटक चीनले नमुना प्राप्तीको मिशनमा सफलता हात पारको छ । 

२४ नोभेम्बर दक्षिण चीनको हाइनान प्रान्तस्थित वनछाङ अन्तरिक्ष प्रक्षेपण स्थलमा चन्द्र अन्वेशण परियोजनाका लागि छाङ्ग–५ को सफल प्रक्षेपण गरिएको थियो । 

एक डिसेम्बरमा ल्याण्डर र एस्ेन्डर संयोजन यन्त्रले सफलता पूर्वक चन्द्रमाको निश्चित स्थलमा ल्याण्डिङ्ग गरेका थिए । सोही दिन नमुना प्राप्तीको कार्य शुरु गरेका थिए । 

फिर्ता आउने ल्याण्डर १७ डिसेम्बरमा कक्षीय यन्त्रबाट अलग भएर पृथ्वीमा फिर्ता आएको थियो । चिनियाँ राष्ट्रिय अन्तरिक्ष ब्युरोका उप प्रधान यानहुवाले सफलतापूर्वक नमुना पृथ्वीमा ल्याइएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्