०५ साउन २०८३, मंगलबार

सबै उखु किसानले शनिवार रकम पाउँछन् : उद्योगमन्त्री

सबै उखु किसानले शनिवार रकम पाउँछन् : उद्योगमन्त्री

उद्योगमन्त्री लेखराज भट्टले शनिवार उखु किसानहरूले सबै भुक्तानी रकम पाउने बताएका छन् । 

शुक्रवार माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरूसँग बोल्दै उनले शनिवार सबै उखु किसानहरूले भुक्तानी हुन बाँकी रकम पाउने बताएका हुन् । 

शनिवार वाणिज्य रौतहटको बैंकका शाखाबाट उखु किसानहरूलाई रकम भुक्तानी गरिन्छ, उनले भनेका छन् । 

शनिवार पनि रकम भुक्तानी नगर्ने मिल सञ्चालकहरूलाई भने पक्राउ गरिने र कारबाही गरिने उनले बताएका छन् । 

आन्दोलनरत किसानहरूले भने स्थायी समाधानका निम्ति पहल गर्न उद्योगमन्त्री भट्टसँग आग्रह गरेका छन् । 

सधैं आन्दोलनमा आइरहनुपर्ने अवस्थाको अन्त्यका लागि किसानहरूले माग गरेका हुन् । 

किसानहरूले विगतमा झैं अहिले पनि आश्वासनमात्रै हुने हो भने आफूहरूलाई त्यो मान्य नहुने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्