पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
पुस ३, २०७७
कोरोना महामारीका बीचमा सरकारले उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ ।
सुरक्षाका रणनीतिहरू अपनाउँदै उद्योगधन्दाहरू बिस्तारै चलायमान हुँदा राजस्व संकलन लक्ष्यउन्मुख देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिनासम्ममा सरकारले गरेको राजस्व संकलन उत्साहप्रद देखिएको अर्थ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामेश्वर दंगालले लोकान्तरलाई बताए ।
उनका अनुसार मंसिर मसान्तसम्ममा ३ खर्ब ३६ अर्ब ८२ करोड रकम राजस्व संकलन भएको छ ।
अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो ५ महिनामा राजस्व संकलनको अवस्था वृद्धि भएको देखिएको हो ।
लक्ष्यको ९६.०९ प्रतिशत राजस्व संकलन गरेको मन्त्रालयले जनाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा १.४७ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हो ।
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा बढी राजस्व
आन्तरिक राजस्व विभागले मंसिर महिनामा लक्ष्यभन्दा माथि राजस्व संकलन गरेको छ ।
विभागले मंसिर महिनामा मात्रै लक्ष्यको १०३.३५ प्रतिशत राजस्व संकलन गरेको विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुन ढकालले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार विभागले मंसिर महिनामा २२ अर्ब ८७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस महिनामा विभागले २२ अर्ब १३ करोड ३२ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो ।
मंसिर महिनामा ६ अर्ब ७८ करोड ८७ लाख आयकर संकलन गरेको छ । यस्तै ८ अर्ब ६१ करोड ७१ रुपैयाँ राजस्व संकलन भएको छ भने ६ अर्ब ४७ करोड अन्तःशुल्क संकलन भएको छ ।
विभागले चालू आर्थिक वर्षको पाँचौं महिनासम्ममा १ खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो, जसमध्ये १ खर्ब २९ अर्ब ४० करोड संकलन राजस्व संकलन भएको छ । जुन लक्ष्यको ९६. ९८ प्रतिशत हो ।
विभागले मंसिर महिनासम्ममा ३९ अर्ब ५७ करोड रुपैयाँ आयकर संकलन गरेको छ । विभागले वार्षिक रूपमा ४ अर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख भन्छन् : व्यवसायीले साथ दिए
मंसिरसम्मको अवधिमा ठूला करदाता कार्यालयले ४४ अर्ब २६ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिर महिनासम्ममा कूल ४९ अर्ब ३८ करोड ८७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले लक्ष्यको ८९.६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
यसबीचमा कार्यालयले भ्याटबापत २० अर्ब २३ करोड ६ लाख रुपैयाँ संकलन गरेको छ, जुन लक्ष्यको ९२.९३ प्रतिशत हो । मंसिरसम्ममा कार्यालयले २२ अर्ब ७० करोड ७७ लाख रुपैयाँ भ्याट संकलन गर्ने लक्ष्य लिएको थियो ।
यद्यपि मंसिर महिनामा भने राजस्व संकलनको अवस्था उत्साहप्रद छ ।
कार्यालयले ४ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको १०४.०६ प्रतिशत हो ।
मंसिर महिनामा मात्रै ठूला करदाता कार्यालयले विभिन्न शीर्षकमा गरी कूल ६ अर्ब ९७ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
कूल ७ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले यसको ९१.४७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।
मंसिर महिनामा कार्यालयले २ अर्ब १५ करोड ८९ लाख कर राजस्व संकलन गरेको छ ।
कोरोना महामारीका बीचमा पनि लक्ष्यको ८९.६३ प्रतिशत राजस्व संकलन गर्नु सन्तोषजनक रहेको ठूला करदाता सेवा कार्यालयका प्रमुख बाबुराम गौतमले लोकान्तरलाई बताए । उनले भने,‘महामारीका बीचमा यत्तिको राजस्व संकलन हुनु भनेको त सन्तोषजनक नै हो ।’
उनले ठूला उद्योगी, व्यवसायीहरूको साथले पनि राजस्व संकलन सन्तोषजनक रहेको उनको भनाइ छन् । उनले भने, ‘उद्योगी व्यवसायीहरूले निकै नै धेरै साथ दिनुभयो, उहाँहरूले संकटको घडीमा पनि कर तिर्नुभयो ।’
यस बीचमा होटल तथा पर्यटन क्षेत्र ठप्प हुँदा राजस्व संकलनमा असर परेको सरकारले बताएको छ ।
कोरोना महामारीका कारण सबैभन्दा बढी असर होटल तथा पर्यटन क्षेत्रमा भएको छ ।
यी क्षेत्रहरू हालसम्मको अवधिमा पूर्ण बन्द रहँदा राजस्वमा असर गरेको ठूला करदाता सेवा कार्यालय प्रमुख गौतम बताउँछन् ।
महालेखाको तथ्यांक : सन्तोषजनक नतिजा
कोरोना महामारीका बीच पनि सरकारले राजस्व संकलनमा सन्तोषजनक नतिजा हात पारेको छ ।
चालू आर्थिक वर्षको पाँचौ महिनासम्ममा सरकारले कुल लक्ष्यको २९.९३ प्रतिशत राजस्व संकलन गर्दै सन्तोषजनक नतिजा हासिल गरेको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालू आर्थिक वर्षको पुस १ गतेसम्ममा २९.९३ प्रतिशत राजस्व संकलन गरेको हो ।
यस अवधिमा सरकारले ३ खर्ब २ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने अनुमानित लक्ष्य राखेको छ ।
मुलुकमा कोभिड– १९ रोगको महामारीका कारण आर्थिक क्षेत्र ठप्प प्रायः रहेको अवस्थामा पनि सरकारले राजस्व संकलन सन्तोषजनक गर्न सकेको अर्थ मन्त्रालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको पुस १ गतेसम्ममा सरकारले कुल लक्ष्यको २७.९५ प्रतिशत राजस्व संकलन गर्न सकेको थियो ।
सामान्य अवस्थामा भन्दा अहिले महामारीले निम्त्याएको विषम परिस्थितिमा राजस्व संकलनको लक्ष्य बढ्नु उत्साहप्रद रहेको मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले लोकान्तरलाई बताए ।
उनले भने, ‘अघिल्लो वर्ष र अहिलेको आर्थिक वर्ष तुलनाका दृष्टिकोणले योग्य त हैनन्, तर पनि अघिल्लो वर्षको भन्दा अहिले निकै राम्रो राजस्व संकलन भएको देखियो ।’
पूँजीगत खर्चमा कमजोर
पुस १ गतेसम्ममा सरकारले कूल लक्ष्यको १०.२९ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । यस अवधिमा ३६ अर्ब ४१ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ ।
पुस १ गतेसम्ममा २९.८० प्रतिशत चालू खर्च गर्दा पूँजीगत खर्चको स्थिति भने कमजोर देखिएको हो ।
वित्तीय खर्च भने १०.२९ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...