२४ असार २०८३, बुधबार

शुक्रवार थपिए ७८२ संक्रमित, १६ जनाको मृत्यु

शुक्रवार थपिए ७८२ संक्रमित, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट सातसय ८२ नयाँ संक्रमितको संख्या थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पाँच हजार सातसय ६ पीसीआर परीक्षणमा ७८२ जना संक्रमित थपिएका हुन् । 

यस्तै मन्त्रालयले यसै अवधिमा देशभरमा एक हजार २९ जनाले कोरोना जितेको जनाएको छ ।

योसँगै नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४१ हजार ३ सय ९२ जना पुगेको छ । 

नेपालमा निको हुने दर ९५ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै शुक्रबार देशभरमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार सातसय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमा दुईसय २७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना संक्रमित थपिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्