३१ असार २०८३, बुधबार

'नागरिकप्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु'

'नागरिकप्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु'

आम नागरिकलाई गरिने व्यवहारले नै  नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुनाले आम नागरिक प्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले बताएका छन् । 

महानगरीय प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा शुक्रबार विहान मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु हुँदै सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आर्थिक अनुशासनमा शुन्य संवेदनशीलतालाई कडाइका साथ पालना गर्न निर्देशन दिंदै गलत काम गरेमा आफुले कसैलाई साथ नदिन  बताए ।

महिला तथा बालबालिका बृद्ध, फरक क्षमता भएकासँग सम्बन्धित घटनालाई बढि संबेदनशिल भई प्राथमिकताका साथ अनुसन्धान गर्न निर्देशन समेत दिए ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण रोकिएका व्यवसायहरू विस्तारै सुचारू हुँदै गएकाले सुरक्षामा विशेष ध्यान दिन तथा विभिन्न बहानामा अनावश्यक हैरानी नदिन समेत निर्देशन दिए ।

विभिन्न भूमिगत संगठन र समसायमयिक राजनीतिक घटनाक्रमका कारण आकस्मिक रुपमा आउन सक्ने सुरक्षा चुनौतीहरूलाई विशेष ध्यान दिदै चुस्त दुरुस्त रुपमा  सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुख समेतले लिनु पर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न मातहतका प्रहरी प्रमुखहरुलाई विशेष निर्देशन  दिए । 

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो  ।

salt training

कमेन्ट गर्नुहोस्