
गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने डब्लुएचओले शुक्रबार जनाएको छ ।
डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।
विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।
संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरु देखि नै खोप पठाइने छ ।”