३० जेठ २०८३, शनिबार

खुमलटार भेटवार्ता : ओली–प्रचण्डको बीचमा वामदेव गौतमको प्रवेश

खुमलटार भेटवार्ता : ओली–प्रचण्डको बीचमा वामदेव गौतमको प्रवेश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा भेटवार्ता भइरहँदा उपाध्यक्ष वामदेव गौतम समेत खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री ओली नै प्रचण्डनिवास खुमलटार पुगेर भेटवार्ता भएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको बेला मध्यस्तकर्ताको भूमिकामा देखिने उपाध्यक्ष गौतम समेत छलफलमा देखिएका छन् ।

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटको भेला भइरहँदा उपाध्यक्ष गौतम गुटभेलामा सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिएपछि विवाद चर्किंदै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्