०९ साउन २०८३, शनिबार

प्रचण्ड निवासको गेटमा केपी–माधवको जम्काभेट

प्रचण्ड निवासको गेटमा केपी–माधवको जम्काभेट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादका लागि हुने भेटवार्ता, छलफल र बैठक बालुवाटारमा हुने गर्थे । तर शनिवार नेकपाका शीर्ष नेताको भेटघाटको केन्द्र बनेको छ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार ।

प्रचण्डलाई भेट्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगे । त्यसको केहीबेरपछि अध्यक्षद्वयसँगै उपाध्यक्ष वामदेव गौतम पनि भेटवार्तामा सहभागी भए ।

प्रधानमन्त्री ओलीले भेटवार्ता सकेर बाहिर निस्किँदै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल समेत खुमलटार पुगेका छन् । प्रचण्ड निवासको गेटमै केपी–माधवको जम्काभेट भएको खुमलटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेपछि चर्किएको पछिल्लो विवाद सचिवालयमा पेश भएका लिखित प्रस्तावसँगै बढेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दासम्म उत्कर्षमा पुगेको छ । विवाद समाधानका लागि प्रयास भइरहेपनि समाधानको संकेत देखिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्