१० साउन २०८३, आइतबार

प्रचण्डलाई भेटेपछि गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे ओली

प्रचण्डलाई भेटेपछि गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेटेर गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्रीनिवास पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रीनिवास पुल्चोकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका जनाएका छन् ।

नेकपाभित्र चर्किएको विवाद समाधान हुन नसकिरहेको बेला शीर्ष नेताहरूबीच भेटवार्ता तीव्र भएको छ । ओली फर्किएपछि खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग प्रचण्डले छलफल गरिरहेका छन् ।

नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपनि ओलीले फिर्ता नलिएपछि विवाद चर्किंदै गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्