०९ असार २०८३, मंगलबार

नक्सा रोक्न पुस्तौ–पुस्तालाई पुग्ने प्रस्ताव आए, तर म डगमगाईनः मन्त्री अर्याल

नक्सा रोक्न पुस्तौ–पुस्तालाई पुग्ने प्रस्ताव आए, तर म डगमगाईनः मन्त्री अर्याल

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरूमा क्षमता नै हुँदैन भन्नेहरूलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छन् । 

काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 

सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताइन् । 

‘महिलाहरूमा क्षमता नै छैन भन्नेहरूलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘सकारात्मक आलोचनाबाट डराउनु पर्दैन । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ ।’

आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुविधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्ने गरी भूमि नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताइन् । 

उनले भनिन्, ‘सबै ठाउँमा अनिवार्य हुनेगरी लागू गर्न सकियो भने, सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित हुनेछ । यसले महिलामाथि हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।’

अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफु अगाडी बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफुले निकै ठूलो चुनौतीका पहाडहरू समेत झेल्नुपरेको बताइन् । तर, यो भनेको राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडी बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उनको भनाइ छ । 

नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफुले निकै ठूलो प्रलोभन र धाक धम्कीको समेत सामना गर्नुपरेको भए पनि त्यसबाट नडराएर अगाडि बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको र अब जमिन पनि प्राप्त गर्ने बताइन् । 

‘नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनौतीपूर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौं मेरा पुस्ता पुस्ताका निम्ती पुग्ने पूस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन्, ‘तर, म डगमगाईन, कुनै पनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडी बढे । नडगमगाइकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्