११ साउन २०८३, सोमबार

एउटै बोका १ सय ८१ किलो, हेर्न आउनेको भीड !

पुस ५, २०७७
एउटै बोका १ सय ८१ किलो, हेर्न आउनेको भीड !
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

सन्धिखर्चको डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ । 

यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन् । 

बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन् । 

अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन्  । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ । अन्नपूर्ण पोस्टमा प्रेम नारायण आचार्यले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्