२७ जेठ २०८३, बुधबार

उडानमा कर्मचारीको हेलचेक्र्याईं : जनकपुर जानुपर्ने जहाज पोखरा पुग्यो !

पुस ५, २०७७
उडानमा कर्मचारीको हेलचेक्र्याईं : जनकपुर जानुपर्ने जहाज पोखरा पुग्यो !

नेपाली आकाशलाई युरोपेली संघ (ईयू)ले कालोसूचीमा राखेकै बेला आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको गम्भीर त्रुटी र हेलचेक्र्याईंका कारण जनकपुर जानुपर्ने जहाज शुक्रवार पोखरा अवतरण भएको छ । 

काठमाडौंस्थित त्रिभुवन विमानस्थालबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ विमान पोखरा पुगेको हो । 

तीन बालबालिकासहित ६९ यात्रु काठमाडौंबाबट जनकपुर उडे पनि बुद्ध एयरको चालकदलले पोखरा पुर्यायो । 

बोर्डिङ पास लिएर सुरक्षा जाँच गरी अघि बढेका यात्रुहरूलाई जनकपुर जानेभन्दै पोखराको विमानमा चढाइयो । 

बुद्ध एयरले भने विमानस्थलमा कार्यारत ग्राउण्ड ह्यान्डिलिङ गर्ने कर्मचारीबीच भएको गलत सञ्चार प्रवाहका कारण यस्तो घटना भएको बताएको छ । 

उनीहरूलाई पोखरा जान तयार रहेको ६०७ उडान नम्बरको विमानमा चढाइएको थियो । 

पोखरामा अवतरणपछि भने २० मिनेट जहाजभित्रै राखेर विमान जनकपुर पठाइएको खबर कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् । s

salt training

कमेन्ट गर्नुहोस्