३० जेठ २०८३, शनिबार

सरकारी मूल्यमा धान बेच्न झन्झटिलो

पुस ५, २०७७
सरकारी मूल्यमा धान बेच्न झन्झटिलो

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्दा किसानलाई प्रतिक्विन्टल झन्डै ३ सय रुपैयाँ फाइदा हुन्छ । तर झन्झटिलो मापदण्ड पूरा गर्नुपर्ने प्रावधानले उनीहरूलाई सरकारी मूल्यमा बेच्न हैरानी छ ।

प्रदेश १ को खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ मूल्यमा सोना मन्सुली धान १५ हजार क्विन्टल किन्दै छ । साथै प्रतिक्विन्टल २ हजार ८ सय ९० रुपैयाँमा ५ हजार क्विन्टल रन्जित धान किन्ने प्रक्रिया थालेको छ । तिनको मूल्य बजारमा प्रतिक्विन्टल २ हजार ६ सय छ ।

सरकारी मूल्यमा सोना मन्सुली बेच्दा किसानलाई प्रतिक्विन्टल २ सय ८५ रुपैयाँ र रन्जितमा प्रतिक्विन्टल २ सय ९० रुपैयाँ बढी फाइदा हुन्छ । तर त्यति बढी रुपैयाँमा धान बेच्न किसानले स्थानीय निकायबाट आफू किसान भएको प्रमाणित गरी नागरिकताको फोटोकपी पनि बुझाउनुपर्ने व्यापार कम्पनी प्रमुख महेन्द्र सिटौलाले बताए ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथामिक खरिद समितिले त्यस्तो मापदण्ड बनाएको हो । सिटौलाका अनुसार सरकारी मूल्यमा कम्पनीले किसानको धान खरिद गर्दा पहिला ल्याब परीक्षणसमेत गर्नुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्