
नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको अपहरण गरेको आरोप लगाएका छन् ।
मन्त्रिपरिषद्को आइतवारको आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिश गरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै शर्माले यस्तो आरोप लगाएका हुन् ।
'केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔं,' शर्माले लेखेका छन् ।