
पुरुषको तुलनामा महिला धेरै टाउको दुःखेको महशुस गर्दछन् । यसका पछाडि उनीहरुको दोहोरो जिन्दगी पनि हुनसक्छ ।
पुरुषको तुलनामा महिलाको शरीरिक क्षमता कमजोर हुन्छ । यसकारण महिला छिट्टै
बिरामीको चपेटामा पनि आउँछन् । यसका साथै केही हार्मोनल कारण पनि टाउको दुख्ने कारण हुनसक्छ ।
वास्तवमा कैयौं पटक मात्र टाउकोमा दुखाइ भएका कारण मात्रै दुल्खदैन । यसका पछाडि अनेकौं कारण हुनसक्छन् । शरीरको अन्य क्षेत्र पीडा या कुनै संक्रमण ।
यस्ता कारणले पनि टाउको दुख्ने समस्या हुनसक्छ ।
कुन कारणले टाउको दुख्छ
तनाव
टाउको कुन क्षेत्रमा दुखाई भइरहेको छ, यसबाट नै तपाइँको मस्थिति पत्ता लगाउन सकिन्छ ।
यदि तपाइँको टाउकाको दुवै क्षेत्रमा दुखाई भइरहेको छ भने, सम्झिनुहोस् तनावका कारण भएको हो । तनावका बेला प्रायः दुवै तर्फको क्षेत्रमा पीडा हुन्छ ।
ब्रेन
यदि तपाइँको ब्रेनवाला क्षेत्रमा दुखाई भइरहेको भने यो सामान्य होइन । यस्तो दुखाई माइग्रेसन पनि हुनसक्छ । यसका लागि नर्भ जिम्मेवार हुन्छ ।
ब्रेनमा दुखाईको अनुभव अकसर टाउकाको बीच भागमा हुन्छ । यदि तपाइँलाई यस्तो लक्षण देखियो भने तत्काल चिकित्सकको सम्पर्कमा पुगिहाल्नुहोस् ।
पाचन तन्त्र
कैयौंपटक टाउको दुखाईको सम्बन्ध टाउकोसँग नभएर पेटसँग पनि हुन्छ । यदि पाचन तन्त्रले सही रुपमा काम गरेको छैन भने पनि टाउको दुख्न सक्छ ।
यदि टाउकाको एक क्षेत्रमा निरन्तर लामो समयदेखि दुखाई भइरहेको छ भने, डायरियाको लक्षण पनि हुनसक्छ ।
सेन्स
कतिपय अवस्थामा खास किसिमको आवाज सुनाइदिन्छ । जसबाट टाउको आसपास दुखाईको महशुस हुन्छ । घन्टौं फोनमा कुरा गरेका बेला पनि यस्तो हुनपुग्छ ।
कतिपय त फरफ्युमको गन्धको कारण पनि टाउको दुख्ने हुन्छ । कयौंपटक अलग अलग सेन्सका कारण पनि टाउको दुख्न थाल्छ ।
ढिलोसम्म सोँच्नाले
तपाइँको दिमाग जब कुनै कुराले गर्दा बोझिल हुन्छ । त्यसबेला पनि टाउको दुखाईको अनुभव हुन्छ ।
यदि तपाइँ कुनै कुराबारे लामो समयसम्म सोँचेर तनावमा हुनुहुन्छ भने पनि टाउको दुखाईको महशुस हुन्छ ।
हार्मोन
टाउको दुख्ने कारण हार्मोन पनि हुनसक्छ । हाम्रोनका कारण हृदयको गति तिव्र हुन्छ ।
पसिना धेरै आउन थाल्छ । यी अनेक बदलावका कारण टाउको दुख्ने समस्या हुनसक्छ ।