
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता दाबी प्रचण्ड-माधव नेपाल पक्षले गरेको छ ।
बिहान करीब साढे १० बजे प्रचण्ड-माधव नेपाल पक्षका सांसद्ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
अविश्वासको प्रस्तावमा नेकपाका ९१ जना सांसदले हस्ताक्षर गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।








