नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ४ हजार ६ सय २० पिसिआर परीक्षणमा ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार काठमाडौं उपत्यकामा थप २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै संस्थागत आइसोलेसनमा तीन हजार चारसय ८३ जना र चार हजार आठसय ३७ जना होम आइसोलेसनमा बसेका छन् । यस्तै, आइतबार एक हजार ९७ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १८ लाख ७० हजार ८ सय ३० जनाको पिसिआर परीक्षण भएको छ ।