२४ असार २०८३, बुधबार

प्रचण्ड र माधव नेपाल हुतिहारा भएकाले पनि आजको अवस्था आयो– गगन थापा

प्रचण्ड र माधव नेपाल हुतिहारा भएकाले पनि आजको अवस्था आयो– गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनको आजको स्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल हुतिहारा हुनु पनि कारण रहेको बताएका छन् ।

उनले संसद् पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताए ।  

नेपाली कांग्रेसले आइतवार बानेश्वरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सन्काहा प्रधानमन्त्रीको सनकको शिकार संसद् भएको आरोप लगाए ।

‘प्रधानमन्त्रीको सनकका कारण आज सदन विघटन भएको छ, आजको यो स्थिति केपी ओलीका कारण मात्र होइन, प्रचण्ड–नेपाल हुतिहारा भएकाले यो अवस्था आएको हो,’ थापाले भने, ‘तपाईंको प्रधानमन्त्री बिरामी हुनुहुन्छ, विश्राम दिनुस् भनेर संसद्मा मैले भनेको थिएँ, अहिले आएर उनीहरूको हिसाबकिताब नमिलेपछि यस्तो अवस्था आयो ।’

नेता थापाले संसदबाट निर्वाचित भएको राष्ट्रपति विद्या भण्डारी आज केपी ओली ग्याङको सदस्य बनेको आरोप लगाए । 
 

salt training

कमेन्ट गर्नुहोस्