२९ जेठ २०८३, शुक्रबार

महरालाई स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

महरालाई स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

पूर्व सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने नेकपाले निर्णय गरेको छ ।

आज बसेको बैठकले महरालाई स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बलात्कार आरोप लागेपछि सभामुखसँगै स्थायी कमिटी सदस्यबाट समेत राजीनामा दिएका महरालाई अब नेकपाले पुनः स्थायी कमिटीमा ल्याउने निर्णय गरेको हो । 

पछिल्लो राजनीतिक गतिरोधका बीच प्रचण्डका विश्वासपात्रसमेत रहेका महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरिएको हो । 

प्रवक्ता श्रेष्ठले आजको निर्णयलाई केन्द्रीय कमिटीमा लैजाने जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्