
आइतबार संसद विघटन गरेका प्रधानमन्त्री ओलीले लगत्तै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरेका छन्।
उनले प्रधानमन्त्री निवास बालुवाटार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखसँग छलफल गरेका हुन् ।
सो क्रममा ओलीले नेपालका चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् ।
बालुवाटार स्रोतका अनुसार ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ पनि लिएका थिए ।