२२ जेठ २०८३, शुक्रबार

महासंघमा चुनिए विषयगत समिति सभापति

पुस ६, २०७७
महासंघमा चुनिए विषयगत समिति सभापति

नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन गरिएको छ । महासंघ सचिवालयमा आइतबार आयोजित एक समारोहबीच महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चुनिएका कार्यकारिणी समिति सदस्यलाई कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरे ।

उद्योग समितिमा भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डीबी बस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की र कर तथा राजस्व समितिको सभापतिमा सन्दीपकुमार अग्रवाल छन् । त्यस्तै पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोभेसन समितिमा रञ्जितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवर्द्धन समितिमा मनीषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खड्का, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको महासंघले जनाएको छ ।

त्यसैगरी फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरममा इन्जिनियर देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पुँजीबजार फोरम अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समिति सदस्यले सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने काममा आआफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्ने अपेक्षा गरेको बताए । नवनियुक्त सभापतिलाई बधाईसहित जिम्मेवारीसाथ भूमिका निर्वाह गर्न वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुझाए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्