
ब्रिटेनमा सोमबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले संयुक्त निगरानी समूहको आपतकालीन बैठक बोलाएको छ । कोरोना भाइरसको नयाँ रुपबाट छलफल गर्न बैठक बोलाइएको हो ।
सुत्र अनुसार ब्रिटेनमा कोरोना भाइरसको नयाँ रुपका कारण चिन्ता बढेको छ ।
कोरोना भाइरसको नयाँ रुप ब्रिटेनमा तिव्र गतिमा फैलिरहेको छ । ब्रिटेन सरकारद्वारा भाइरसको नयाँ रुप नियन्त्रणबाट बाहिर हुने चेतावनी दिइएको छ ।
यसपछि युरोपियन युनियनका कैयौं देशले ब्रिटेनबाट आउने उडानमा रोक लगाएका छन् ।
यसैबीच जर्मनीले पनि ब्रिटेनबाट आउने सबै उडान सिमित गर्ने निर्णय गरेको छ । नेदरल्याण्डले कमसेकम यस वर्षको अन्त्यसम्म ब्रिटेनबाट आउने सबै उडानमा रोक लगाएको छ ।
यता बेल्जियमले पनि आइतबार रातिदेखि अघिल्लो २४ घण्टासम्मका लागि उडानमा रोक लगाउने घोषणा गरेको छ ।
साथै ब्रिटेनको रेल सेवामा आवतजावतमा पनि रोक लगाइएको छ । अस्ट्रेलिया र इटलीले पनि ब्रिटेनबाट आउने सबै उडान अनिश्चितकालका लागि रोक लगाउने घोषणा गरिसकेका छन् ।