
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा देखिएको विवाद प्रदेशसम्मै सल्किन थालेको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बागमती प्रदेशमा आह्वान गरेको जरुरी बैठकलाई रोक्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अर्काे सूचना जारी गरेको छ ।
नेकपा प्रदेश सचिव आनन्द पोखरेलको नामबाट पुस ७ गते बैठक बोलाइएको भए पनि त्यो बैठक आधिकारिक नभई अवैध भएको भन्दै प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले सूचना निकालेका छन् ।
